तमोर करिडोरमा गाडी दुर्घटना, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ – तमोर करिडोरमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको हो । प्रहरीका अनुसार, दुर्घटनाको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ । जिल्लाबाट पनि थप टोली जाँदै गरेको छ ।

दुर्घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्