झरीका कारण आन्तरिक उडान ठप्प, अन्तर्राष्ट्रिय भने नियमित

काठमाडौँ –  आज बिहानदेखि परेको पानीको कारण आन्तरिक तर्फको सबै उडान अहिले बन्द रहेको छ । पानी परेको कारण आन्तरिक उडान अहिले बन्द भएको हो । भने, अन्तर्राष्ट्रिय तर्फको जहाज उडान भने नियमित भइरहेको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाको अनुसार अहिले २० मिनेटदेखि आन्तरिक तर्फको सबै उडान बन्द रहेको छ । बिहान आन्तरिक तर्फ सबैतिर उडान भएको उनले बताए ।  अहिले पानी परेर जहाज उडेको छैन । अन्तर्राष्ट्रिय उडानमा केही समस्या छैन । मौसम सफा भएपछि आन्तरिक तर्फ जहाज उड्ने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्