काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले अविरल वर्षा र सडक अवस्थाबारे अध्यावधिक जानकारी लिन आज बिहान ११ बजे विभागीय प्रमुखहरुसँग बैठक बोलाएका छन्।
मन्त्री घिसिङको सचिवालयका अनुसार बैठकमा सडक सुरक्षा, सम्भावित विपद् नियन्त्रण र जनधनको क्षति न्यूनीकरणका विषयमा जानकारी लिई आवश्यक निर्देशन दिइनेछ।
सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने, पहिरो हटाउने मेसिन तयारी अवस्थामा राख्ने र अत्यावश्यकबाहेक यात्रामा रोक लगाउने निर्णय गरिसकेको छ। ती निर्णयको कार्यान्वयन अवस्थाबारे मन्त्री घिसिङले छलफल गर्ने बताइएको छ।






