कान्ति लोकपथमा सवारीसाधन सञ्चालनमा रोक (सुचनासहित)

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले १७–२० असोजसम्म बागमती प्रदेशसहितका क्षेत्रमा मनसुनी गतिविधि सक्रिय भई भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेसँगै जिल्ला प्रशासन कार्यालय, ललितपुरले कान्ति लोकपथमा सवारी आवागमनमा अस्थायी रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरिएका सबै सूचना खारेज गरिएको छ र नयाँ सूचना जारी गरेको छ । सूचनामा मकवानपुरबाट ललितपुरको प्रवेशविन्दु बागमती गाउँपालिका वडा नं. २ बगुवाबाट बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र साना सवारीसाधन चलाउन सकिने उल्लेख गरिएको छ ।

त्यस्तै, ललितपुरबाट मकवानपुर प्रस्थानविन्दु गोदावरी नगरपालिका वडा नं. ६ टिकाभैरवबाट बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र चलाउन सकिने जनाइएको छ । साथै, सो अवधिमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

Lalitpur-1759420548.jpeg

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्