काठमाडौं — जेन–जी अभियानका नेता मिराज ढुंगानाले सामाजिक सञ्जालमा चर्चित भएको ९ अक्टोबरको प्रदर्शन सम्बन्धी प्रचार खारेज गर्दै उक्त मितिमा कुनै किसिमको आन्दोलनको तयारी नभएको बताएका छन्। टिकटकमा जारी भिडियो सन्देशमार्फत् ढुंगानाले देशभर शान्ति भंग गर्न उनीहरू इच्छुक नभएको तथा एजेन्डा विना प्रदर्शनमा सहभागी नहुने बताए।
भिडियोमा मिराजले भने — “धेरैले मलाई अक्टोबर ९ को विषयमा सोधिरहनुभएको छ। म प्रस्ट्याउन चाहन्छु — अक्टोबर ९ मा कुनै पनि हिंसात्मक गतिविधि गर्ने योजना छैन। त्यस्ताेमा हामी संलग्न हुँदैनौँ।” उनले थपे, “एजेन्डाबिना कुनै पनि आन्दोलन गर्नुको औचित्य छैन। देशमा बनेको शान्ति फेरि भंग गर्ने पहल हामीले गर्नेछैनौँ।”
ढुंगानाले २३ भदौमा भएको आन्दोलनलाई उदाहरण दिँदै भने कि उनीहरू मुसा मार्न गएका थिए तर तत्कालीन अवस्था ‘बाघ मारेर ल्याउनुपर्ने’ जस्तो भएकोले आफूहरूले अर्को किसिमको हिंसा चाहेनन्। “हामी मुसा मार्न गएका थियौँ। बाघ मारेर ल्यायौँ। अब बाघ बोकेर ल्याउन सकिँदैन जंगलबाट,” उनले भिडियोमा उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा ९ अक्टोबर दिनका लागि भड्काउने शैलीको प्रचार भैरहेपछि ढुंगानाले सो सूचना खण्डन गरेका हुन्। पछिल्ला दिनहरूमामा युवा सक्रियता र अनलाइन आह्वानले ठूलो सङ्ख्यामा आन्दोलन सिर्जना गरेको पृष्ठभूमि रहेको छ—तर यो आन्दोलन सम्बन्धी विशेष आदेश वा घोषणा ढुंगानाको तर्फबाट नरहेको उनको स्पष्टिकरण छ।






