सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटो खान्ने क्रममा ढिस्कोमा पुरिएर चार जनाको ज्यान गएको छ। मृत्यु हुनेमा एक वृद्धा र तीन बालबालिका रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथाना बस्ने ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुनको घटनास्थलमै पुरिएर मृत्यु भएको हो।

बुधबार बिहान करिब ९:२० बजे स्थानीय महिला र बालबालिका खुर्पाले माटो खन्दै गर्दा अचानक ढिस्को खस्दा उनीहरू पुरिएका थिए।

घटनाबारे सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय हरिपुर्वाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली पुगेर घाइतेलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो। तर, उपचारको क्रममा चिकित्सकले चारै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्