कञ्चनपुरमा सर्पको टोकाईबाट तीन वर्षीय बालकको मृत्यु

सांकेतिक तस्वीर

कञ्चनपुर — कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्की पनेरुको सर्पको टोकाइबाट मृत्यु भएको हो।

सर्पले टोकेपछि परिवारले उपचारका लागि अस्पताल लैजाने तयारी गरे पनि बालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्