पूर्व सभामुख र राष्ट्रिय सभा अध्यक्षले सवारीसाधन फिर्ता गरे

काठमाडौं – पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूले कानुनमा प्रावधान नभएको सुविधा वापसी गर्दै आफ्ना सवारीसाधन फिर्ता गरेका छन्।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व उपसभामुख ओनसरी घर्ती र पूर्व राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेका हुन्।

“कानुनमा सवारीसाधनको सुविधा दिने व्यवस्था नभएको तर लिइरहनु भएका पूर्व पदाधिकारीहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारीसाधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ,” अर्थमन्त्री खनालले भने।

यसअघि सरकारले पूर्व पदाधिकारीहरूले कानुनमा नभएका सेवा–सुविधा लिइरहेका भए ती फिर्ता गर्न निर्देशन दिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्