तुइनखोला नजिकै पुनः पहिरो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

File Photo

काठमाडौं- मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिकै सोमबार मध्यान्ह १२ बजेदेखि पहिरो खसेपछि दुईतर्फी सवारी आवागमन ठप्प भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो खसेपछि लगातार माटो खस्ने क्रम जारी छ। पहिरो झर्ने क्रम रोकिएपछि मात्रै पन्छाउने काम सुरु हुने डिभिजनले जनाएको छ। उपकरणहरू भने घटनास्थलमै तैनाथ गरिएका छन्।

अघिल्लो सातापनि यही स्थानमा खसेको पहिरो पन्छाउन ४५ घण्टा लागेको थियो। दशैं मनाउन घर फर्किने यात्रुका लागि यो बाधा थप चुनौती बनेको छ। पश्चिमतर्फ गइरहेका सवारी साधन अहिले मुग्लिन सडकअड्डा क्षेत्रमा लामबद्ध हुन थालेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्