काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको इतिहासमै अकल्पनीय र दुःखद करार गरेका छन्।
सोमबार बडादशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले दशैंले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्ति बीचको एकतालाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा कुटपिटमा परेर देउवा गम्भीर घाइते भएका थिए। उनी हाल पनि अस्पतालमै उपचाररत छन्। सुरक्षाको कारण देखाउँदै सार्वजनिक रूपमा उपस्थित नभएका देउवाले शुभकामना सन्देश भने सामाजिक सञ्जालमार्फत पठाएका हुन्।






