युनिटी कप : ऐतिहासिक जितपछि उत्साहित नेपाल, बदला लिने मुडमा वेस्ट इन्डिज

काठमाडौँ – युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै इतिहास रचेको छ। टेस्ट राष्ट्रविरुद्धको यो नेपालकै पहिलो टी–२० अन्तर्राष्ट्रिय जित हो, जसपछि देशभरै उत्साहको माहोल छ।

पहिलो खेल जितेसँगै नेपाल सिरिजमा १–० ले अगाडि पुगेको छ। दोस्रो खेलमा पनि उही जोश कायम राख्ने लक्ष्य रहेको छ भने वेस्ट इन्डिज भने पराजयको बदला लिन तयारीमा छ। नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजलाई “युनिटी कप” नामाकरण गरेको छ। यसको माध्यमबाट राष्ट्रिय एकताको सन्देशसमेत प्रवाह गर्ने उद्देश्य राखिएको क्यानले जनाएको छ।

कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टोली मैदानमा उत्रिएको छ। उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, करन केसी, नन्दन यादव निर्णायक खेलाडीका रूपमा टोलीमा छन्। सिरिजको अन्तिम खेल भोलि हुनेछ। नेपालले जितको लयलाई निरन्तरता दिने तयारी गरेको छ।

नेपालको यो ऐतिहासिक जितले क्रिकेट समर्थकहरूलाई नयाँ आशा र उत्साह दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्