काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।
उनले राष्ट्रिय श्रम संस्कृति पार्टी नामक दल दर्ताका लागि निवेदन दिएका हुन् । दल दर्ताका लागि साम्पाङ आफैँ आयोगको कार्यालयमा पुगेका थिए । नयाँ पार्टीको अध्यक्षमा उनले आफैँलाई प्रस्ताव गरेका छन् । चुनाव चिह्न माटोको ढिस्को मागेका छन् । उनको पार्टी दर्ताका लागि बुझाएका कागजातहरू आयोगका कर्मचारीले रुजु गरिरहेका छन् ।






