कप्तान रोहित पौडेलले म्यान अफ द म्याच अवार्ड जेनजी सहिदलाई समर्पित गरे

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरुद्धको खेलमा प्राप्त म्यान अफ द म्याच अवार्ड नेपालमा जेनजी आन्दोलनका सहिदलाई समर्पित गरेका छन्।

शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड हात पारेपछि उनले भने, “मैले पाएको म्यान अफ द म्याचको अवार्ड नेपालमा जेनजी आन्दोलनमा सहिद भएकालाई समर्पित गर्न चाहन्छु।”

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा कैयौंले ज्यान गुमाएका थिए। पौडेलको यो भावनात्मक समर्पणलाई सामाजिक सञ्जालमा प्रशंसा गरिएको छ।

नेपालले शनिबार वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो। अब नेपालले सोमबार र मंगलबार वेस्ट इन्डिजसँग सिरिजका बाँकी दुई खेल खेल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्