श्रीनगर एग्रीटेकको आईपीओ असोज २६ गतेदेखि

काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि असोज २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट भइसकेको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँमध्ये २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता शेयर स्थानीय बासिन्दा र ३ लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन भइसकेको छ। त्यस्तै १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषलाई र १ लाख २३ हजार ९७५ कित्ता शेयर कर्मचारीहरूलाई बाँडफाँट गरिएको छ।

अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

यो आईपीओ असोज २९ गतेसम्म बन्द हुन सक्नेछ भने पूर्ण रूपमा नबसे कात्तिक ९ गतेसम्म आवेदन दिन सकिनेछ।

इक्रा नेपालले कम्पनीलाई प्रदान गरेको रेटिङ अनुसार, श्रीनगर एग्रीटेकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाइएको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्