सागर डिष्टिलरीको आईपीओ बाँडफाँट, १ लाख १९ हजार लगानीकर्ताले पाए शेयर

काठमाडौँ, असोज १२। सागर डिष्टिलरी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आइतबार सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो।

कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो।

सो निष्काशनमा २२ लाख २७ हजार ५०३ आवेदकबाट २ करोड ४२ लाख ८० हजार ५८० कित्ता शेयरका लागि आवेदन परेकोमा २१ लाख ९३ हजार ८२३ आवेदन मात्र स्वीकृत भएको छ। बाँकी आवेदन विभिन्न कारणले रद्द गरिएको कम्पनीले जनाएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा अपनाइएको हो। यस अनुसार १ लाख १९ हजार ६४ जना भाग्यशाली आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात खाली भएको छ।

आईपीओको परिणाम सीडीएससीको आधिकारिक वेबसाइट iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्