अलपत्र पारिएका २३४ आयोजनाको ठेक्का तोडिँदै, कर्मचारीमाथि पनि छानबिन हुने

 

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरेर वर्षौंदेखि काम नगरेका २३४ वटा रूग्ण ठेक्का तोडिने भएका छन्।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग अन्तर्गतका ती ठेक्का तोडिने तयारी भएको हो। दमकमा ३८, काठमाडौंमा ७५, पोखरामा ३९, सुर्खेतमा ४९, हुलाकीमा १६ र मध्यपहाडी लोकमार्गमा १७ वटा ठेक्का रूग्ण सूचीमा परेका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार आयोजना प्रमुखदेखि विभागीय प्रमुखसम्मको बैठकमा ठेक्का लिएर काम नगर्ने प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्ने भन्दै रूग्ण ठेक्का तोड्नुको विकल्प नभएको बताए। उनले ठेक्का अलपत्र पार्न संलग्न तत्कालीन र हालका कर्मचारीमाथि पनि छानबिन हुने उल्लेख गरे ।

सरकारले दुई करोडभन्दा बढी रकमको ठेक्का लिएर तोकिएको अवधिभन्दा धेरै गुणा म्याद थप्दा पनि न्यून प्रगति देखिएका आयोजना ‘रूग्ण ठेक्का’ मानिने प्रावधान लागू गरेको छ। मन्त्री घिसिङले अनियमितता, ढिलासुस्ती, घूस प्रकरण र सेवाग्राहीलाई दुःख दिने प्रवृत्ति देखिए तत्काल कारबाही हुने चेतावनीसमेत दिएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्