सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ –  सल्यानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीकाम अनुसार फोर्स गाडी हुँदा ‎मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् । उनीहरूको सनाखत हुन सकेको छैन । ‎‎आइतबार बिहान सल्यानको कपूरकोट गाउँपालिका ३, चोरखोलामा राप्ती राजमार्गमा लु २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३००,४०० मिटर तल खसेको थियो।

‎‎दुर्घटनामा गम्भीर घाइते भएका २ महिला र २ पुरुषलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । घाइते हुनेहरूमा रुकुम पश्चिम, बाफिकोट गाउँपालिका ५ बस्ने ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्