एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी उत्तीर्ण

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान नतिजा प्रकाशित गरेको हो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा का अनुसार पूरक परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ मध्ये ८३ हजार ५६४ जना परीक्षार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । यस्तै, ५९ हजार ६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भएका छन् ।

पूरक परीक्षा गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्