काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले माओवादीसहितका वामपन्थी र कम्युनिष्ट शक्तिसँग पार्टी एकताको पहलस्वरूप वार्ता टोली गठन गरेको छ ।
शुक्रबार अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानिअनुसार वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेका छन् ।
अध्यक्ष नेपालले पार्टी, वामपन्थी, कम्युनिष्ट तथा समाजवादी समूहहरूसँग एकता वार्ता अघि बढाउन टोलीलाई ११ बुँदामा आधारित म्यान्डेट प्रदान गरिएको जानकारी दिएका छन् ।






