अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि लागू हुनेगरी अमेरिका बाहिर उत्पादित गुणस्तरीय औषधिमा १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ ।
यससँगै हेभी–ड्युटी ट्रकमा २५ प्रतिशत, किचन तथा बाथरुम क्याबिनेटमा ५० प्रतिशत र अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत भन्सार कर लगाइने पनि बीबीसीले उल्लेख गरेको छ ।
भारत अमेरिकी बजारमा औषधि निर्यात गर्ने प्रमुख मुलुक हो । भारतले वार्षिक झन्डै साढे १२ अर्ब डलर बराबरका औषधि अमेरिका पठाउने गर्छ । नयाँ कदमले भारतसहित विश्वका ठूला औषधि कम्पनीहरूमा प्रत्यक्ष असर पर्ने विश्लेषकहरूले बताएका छन् ।






