अर्थ मन्त्रालयमा ‘डिजिटल टिप्पणी’ प्रणाली लागू

काठमाडौं – अर्थ मन्त्रालयले आजदेखि ‘डिजिटल टिप्पणी’ प्रणाली लागू गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबारदेखि डिजिटल टिप्पणी औपचारिक रूपमा सुरू भएको जानकारी दिनुभयो । नयाँ प्रणाली लागू भएपछि कागजमा टिप्पणी प्रिन्ट गरेर सम्बन्धित अधिकारीका कोठा–कोठा लैजानुपर्ने बाध्यता हट्नेछ । अब टिप्पणी उठ्ने समयदेखि सदर हुने समयसम्म सम्पूर्ण प्रक्रिया प्रणालीमै सुरक्षित हुने अपेक्षा गरिएको छ ।

अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी र डिजिटल हस्ताक्षर प्रयोग गर्ने योजना पहिले नै बनेको भए पनि कार्यान्वयन ढिलाइ हुँदै आएको थियो । मन्त्री खनालले तत्काल प्रभावका साथ प्रणाली लागू गर्न निर्देशन दिएपछि आजदेखि यसको प्रयोग थालिएको हो ।

मन्त्रालयका अनुसार डिजिटल प्रणालीमार्फत काम गर्दा समय, खर्च र कागज दुबै बचत हुने र मन्त्रालयलाई कागजबिहीन बनाउने दिशामा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्