महावीर पुनले जेन–जीलाई भने – संगठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्नुस्

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेन–जी युवालाई आपसमा झै–झगडा नगरी संगठित ढंगले चुनावमा लाग्न आह्वान गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पुनले भ्रष्टाचारलाई सकेसम्म कम गर्न, सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न होस् विदेशीहरूले चलखेल गर्न नपाउन्, प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस् भनेर सपना देख्न हो भने भने युवाहरू संगठित ढंगले लाग्नुपर्ने धारणा राखेका हुन्।

‘प्रष्ट आह्वान– भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाऊन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देख्नुभएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान र दृढ संकल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि भै–झगडा नगरिकन संगठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरून्त लाग्नु होस् भन्ने आह्वान गर्दछु। कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन,’ उनले भनेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्