निवर्तमान गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक

काठमाडौँ – निवर्तमान गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ।

रमेशकी ८९ वर्षीया आमा सारदादेवी लेखकको बिहीबार अपराह्न ४ बजेतिर निधन भएको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए। उनी दमलगायत रोगबाट पीडित थिइन्। ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

उनका चार छोरी र एक छोरा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्