काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले विगतमा भएको भ्रष्टाचारको छानबिन गर्ने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले वर्तमान सरकारले छोटो समयमा नै विगतमा भएको भ्रष्टाचारको प्रस्ट जानकारी पाइसकेको बताइन् ।
उनले यसको आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने बताइन् । उनले आन्दोलनमा भएको लुटपाट, तोडफोड गर्दा व्यक्तिको घरमा देखिएको नगद र सम्पत्तिमा सरकारको निकायले छानबिन गर्न थालिसकेको बताइन् ।






