माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि केन्द्रीय कमिटी बैठक सुरू हुने प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

बैठकका एजेन्डा बुधबार बसेको स्थायी कमिटी बैठकले तय गरिसकेको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिती र पार्टीको आगामी रणनीतिबारे विभिन्न प्रस्ताव राख्नेछन्। ती प्रस्तावहरूबारे समूहगत छलफल हुनेछ। समूहको छलफलबाट निस्किएको निष्कर्ष हलमा प्रस्तुत हुनेछ। त्यसमा अध्यक्ष प्रचण्‍डले जबाफ दिनेछन्। विशेषगरी जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिपछि माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ। पदाधिकारी बैठकबाट भएको उक्त निर्णयलाई केन्द्रीय कमिटीमा छलफलको प्रस्ताव बनाइएको छ।

केन्द्रीय कमिटीले अनुमोदन गरेपछि उक्त निर्णयले औपचारिकता पाउनेछ। माओवादीको केन्द्रीय समितिको आकार ४०८ सदस्यीय छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्