काठमाडौँ – नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन कुमार थापासँग भेटघाट गरेका छन्। नेता कोइरालाले दुई पदाधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।
उपसभापति खड्का नेता कोइरालालाई भेट्न उनकै सम्पर्क कार्यालयमा आएका थिए । महामन्त्री थापासँग भने बाहिर भेट भएको कोइराला निकट स्रोतले जानकारी दियो ।
भेटमा वर्तमान परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल भएको थियो। कांग्रेसमा महामन्त्री थापा सहितका केही नेताहरूले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरिरहेका छन् तर पार्टीको संस्थापन पक्ष र नेता कोइराला नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । उपसभापति खड्का संस्थापन पक्ष नेता हुन् । डा. कोइराला इतर समूहका नेता भएपनि नियमित महाधिवेशन गरेर मात्रै वर्तमान समस्याको समाधान खोज्न सकिने बताउँदै आएका छन् ।







