डिस्चार्जपछि देउवा ललितपुरमा बस्ने, अस्पतालबाट कहिले डिस्चार्ज हुने भन्ने आज टुंगो लाग्ने

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालबाट डिस्चार्ज भएपछि ललितपुरमा बस्ने भएका छन्। सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवा कहिले अस्पतालबाट डिस्चार्ज हुने भन्ने आज टुंगो लाग्छ।  सभापति देउवाको आफन्तको घर जावलाखेलमा छ। उनी केही समय त्यहाँ बस्न सक्ने बताइएको छ।

यसअघि देउवा बूढानीलकण्ठस्थित घरमा बस्दै आएका थिए।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आक्रमणबाट देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा घाइते भएका थिए। सभापति देउवाको गर्धन र गर्धनमाथिको भागमा चोट लागेको थियो। सभापति देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो। प्रदर्शनकारीहरूले भदौ २४ गते देउवा दम्पतीमाथि कुटपिट र घरमा आगजनी गरेका थिए।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्