सुनको मूल्य २ लाख २३ हजार पुग्यो

काठमाडौं –नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य २ लाख २३ हजार रुपैयाँ पुगेको हो। मंगलबारको तुलनामा प्रतितोला १३ सय रुपैयाँले बढेको यो मूल्य ऐतिहासिक हो।

मंगलबार मात्र सुनको भाउ ३ हजार ९ सय रुपैयाँले बढेर २ लाख २१ हजार ७ सय पुगेको थियो। लगातार बढ्दो क्रममा रहेको सुनले यसै सातामा दुई पटक नयाँ रेकर्ड कायम गरेको छ।

यसैगरी, चाँदीको मूल्य पनि नयाँ उच्चतामा पुगेको छ। बुधबार प्रतितोला २० रुपैयाँले बढेर २ हजार ७ सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य २ हजार ६ सय ८० रुपैयाँमा थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्