कार्यकर्तासँगको भेटघाटलाई तीव्र पार्दै ओली, हिम्मत नहार्न र जिम्मेवार बन्न आग्रह

 

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तासँगको भेटघाटलाई तीव्र पारेका छन् । मंगलबार भक्तपुरस्थित आफ्नै अस्थायी निवासमा पार्टीका नेता, कार्यकर्ता र विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूसँग भेट्दै उनले दसैँको शुभकामना आदानप्रदानसहित पछिल्ला राजनीतिक परिस्थितिबारे धारणा राखे।

भेटमा सहभागी अनेरास्ववियुका एक नेताका अनुसार ओलीले कार्यकर्तालाई “हिम्मत नहारी, हरेस नखाई अघि बढ्न” आह्वान गरेका थिए। उनले जेन–जी आन्दोलनपछि उत्पन्न अवस्थाबारे बोल्दै जिम्मेवार नागरिकले मुलुक कुन दिशातर्फ जाँदै छ भन्ने बुझ्नुपर्नेमा जोड दिए। ओलीले युवाहरू भिडको पछि लाग्ने होइन, राष्ट्रप्रति जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने तर्क गरे। उनले नेपाललाई बदनाम बनाउने गतिविधि भइरहेको भन्दै कतिपय देशले त नेपालीलाई भिसा दिनसमेत रोक लगाएको उदाहरण प्रस्तुत गरे। उनका अनुसार अहिले संसारलाई नेपाली सभ्य नागरिक भएको प्रमाणित गर्नुपर्ने अवस्था आएको छ। सामाजिक सञ्जालमार्फत तत्काल धारणा बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने सुझाव दिंदै उनले नयाँ पुस्ता विखण्डित नभई एकतामै अघि बढ्नुपर्नेमा जोड दिए। “राष्ट्रिय सम्पत्ति र सम्पदाप्रति जवाफदेही पुस्ता बनाउनु अपरिहार्य छ,” ओलीले कार्यकर्तामाझ भनेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्