नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध, तुइनखोलामा खस्यो ठूलो सुक्खा पहिरो

 

काठमाडौँ – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा मंगलबार दिउँसो पुनः ठूलो सुक्खा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

मंगलबार दिउँसो ३:२० बजे खसेको पहिरो निरन्तर झरिरहेको र सडक भासिन सक्ने उच्च जोखिम रहेको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार निरन्तर पहिरो खसिरहेका कारण तत्काल पन्छाउन कठिन भइरहेको छ। सवारीसाधनलाई फिर्ता पठाइएको र यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।

यसअघि शुक्रबार साँझदेखि नै तुइनखोलामा निरन्तर सुक्खा पहिरो खस्दै आएको थियो। बीचमा पहिरो पन्छाएर सडक खुलाइए पनि मंगलबार फेरि ठूलो मात्रामा खसेपछि आवागमन अवरुद्ध भएको हो। यस्तै, मंगलबार बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरो करिब १० घण्टा लगाएर पन्छाइएपछि अपरान्हदेखि सडक दुईतर्फी सञ्चालनमा आएको थियो। ठूलो सुक्खा पहिरो पन्छाउन धेरै समय लाग्ने भएकाले सडक विभागले काठमाडौँ–चितवन आवतजावतका लागि वैकल्पिक तीन वटा सडक प्रयोग गर्न आग्रह गरेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्