प्रधानमन्त्री र प्रधानसेनापतिबिच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको कार्यालयका अधिकृतहरूले बताएका छन् । जेनजी प्रदर्शनपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सेनापति सिग्देलले समन्वय गरेका थिए । जेनजीको माग अनुसार कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

प्रधानमन्त्री बनेपछि प्रधानसेनापति सिग्देलसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्