अन्तरिम सरकारका मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे

काठमाडौं – अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

यसअघि शपथग्रहणको समय दिउँसो २ बजे तय भए पनि एक घण्टा ढिला गरी ३ बजे आयोजना हुने भएको हो । कार्कीले हिजो पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रालाई मन्त्रीका लागि सिफारिस गर्नुभएको थियो ।

तर स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरिएकी डा. मिश्राको नाम अन्तिम समयमा आएर ‘होल्ड’ गरिएको छ । यसअघि तीन जना मन्त्रीले भने कार्यभार सम्हालिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्