आगजनीपछि एमाले नयाँ कार्यालय भवन खोज्दै

File Photo

काठमाडौँ – च्यासलस्थित नेकपा एमाले केन्द्रीय कार्यालय भदौ २३ र २४ को आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि काम नलाग्ने बनेपछि पार्टीले नयाँ कार्यालय भवन खोज्न थालेको छ ।

कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार, आगजनी र क्षतिको कारणले बैठक बस्न र पार्टीका नियमित गतिविधि सञ्चालन गर्न असम्भव भएकाले नयाँ भवन आवश्यक भएको हो । “काठमाडौँ र ललितपुरमा केही भवन हेरेका छौँ, तर टुंगो भने लागेको छैन,” उनले जानकारी दिए ।

आन्दोलनका क्रममा केन्द्रीय कार्यालयसहित प्रदेश र जिल्ला पार्टी कार्यालयसमेतमा तोडफोड र आगजनी भएको एमालेले जनाएको छ । महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठक बसेर चाँडै नयाँ भवन टुंगो लगाउने तयारी भएको अधिकारीले बताए ।

त्यस्तै, आन्दोलनका क्रममा एमाले नेताहरूको घर र अन्य सम्पत्तिमा भएको क्षतिको विवरण संकलन भइरहेको पनि उनले जानकारी दिए । “प्रदेश–प्रदेशमा क्षतिको विवरण संकलन गरेर पठाउन भनिएको छ । केन्द्रमा पनि विवरण संकलन भइरहेकाले केही दिनमै सार्वजनिक गर्ने तयारी छ,” अधिकारीले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्