नख्खु कारागारबाट भागेका एकजना कैदी आफ्नै श्रीमतीको हत्या गरेर फरार

काठमाडौं – नख्खु कारागारबाट गत जेनजी आन्दोलनका बेला भागेका एकजना कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेका सन्तबहादुर तामाङ फरार भएको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चाकको पनौती नगरपालिका वडा नम्बर १२ कलाँती स्थित घरको पछाडी करेसामा गाडिएको अवस्थामा श्रीमती जमुनाको शव फेला परेको छ ।

३१ वर्षीया जमुना तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्दा गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । तामाङ २४ गते नख्खु कारागारबाट फरार भएर घर आएका थिए । प्रहरीले खोजतलास गरिरहेको भए पनि उनी लुकेर बसिरहेका थिए । जर्बजस्तीकरणी उद्योगमा ३ वर्षे कैद सजाँय भुक्तान गरिरहेका तामाङको कैद अवधि एक महिना मात्रै बाँकी थियो ।

श्रीमती जमुनासँग केही दिनदेखि झगडा गर्दै आएका सन्तबहादुर हत्यापछि फरार भएको स्थानीयले बताए । मृतकका ११ वर्षिय छोरा र ३ वर्षिया छोरी छन् । प्रहरी घटनास्थल पुगिसकेकाले थप विवरण प्राप्त हुन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्