माओवादी केन्द्रले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सो प्रस्ताव पेश गरेका हुन्।

पार्टी स्रोतका अनुसार उनले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि बैठकमा राखेका छन्। यसै क्रममा एक साताभित्र केन्द्रीय समितिको बैठक बोलाई विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने तयारी रहेको बताइएको छ।

माओवादी केन्द्रले यसअघि पनि पार्टीको संरचना, संगठनात्मक स्वरूप र नेतृत्व व्यवस्थापनबारे आन्तरिक बहस गर्दै आएको छ। प्रचण्डको प्रस्ताव पारित भएमा मंसिरमा विशेष महाधिवेशनबाट नयाँ संरचना र नेतृत्व टुंगिने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्