नेपालकै सबैभन्दा ठूलो बालबालिकाको स्केटिङ्ग प्रतियोगिता ‘ग्लाइड फेस्ट २०२५’ हुँदै

काठमाडौँ — ग्लाइड सिटी स्केट पार्कले नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघको सहकार्यमा ग्लाइड फेस्ट २०२५ आयोजना गर्ने भएको छ। आगामी कार्तिक ९ गते यूएन पार्क, ज्वागलस्थित ग्लाइड सिटी स्केट पार्कमा हुने यो प्रतियोगिता नेपालकै सबैभन्दा ठूलो बालबालिकाको स्केटिङ्ग प्रतियोगिता मानिएको छ।

विद्यालयस्तरका विद्यार्थीहरूलाई लक्षित गर्दै दुई अलग–अलग समूह जुनियर स्तर (५–९ वर्ष)सिनियर स्तर (१०–१५ वर्ष) मा  कार्यक्रम सञ्चालन हुने भएको छ ।   आयोजकहरूका अनुसार यो केवल प्रतियोगिता मात्र नभई प्रतिभा प्रदर्शन गर्ने, रमाइलो गर्ने र रोमाञ्चक पुरस्कार तथा छात्रवृत्ति जित्ने सुनौलो अवसर पनि हो। नवशिक्षार्थीलाई समेत प्रतियोगितामा सहभागिता जनाउन सहज बनाउन विशेष प्रशिक्षणको व्यवस्था गरिएको छ। यहि असोज ६ गते देखि १० दिनसम्म प्रशिक्षित स्केटिङ्ग पेशेवरहरूले नयाँ स्केटरहरूलाई आवश्यक तालिम दिनेछन्।

“यो फेस्टिवलले स्केटिङ्ग संस्कृतिलाई नयाँ पुस्तामा फैलाउने मात्र होइन, बालबालिकालाई आत्मविश्वासी र सिर्जनशील बनाउने ठुलो अवसर दिनेछ,” आयोजक टोलीले जनाएको छ। अनुभवी स्केटरदेखि नयाँ यात्रामा लागेका उत्साही बालबालिकासम्म, सबैलाई सहभागिताका लागि खुला गरिएको यो प्रतियोगिताले देशव्यापी ध्यान तान्ने अपेक्षा गरिएको छ। अहिले दर्ता प्रक्रिया सुरु भइसकेको छ।  ‘नेपालकै सबैभन्दा ठूलो बालबालिकाको स्केटिङ्ग प्रतियोगितामा सहभागी भई, आफ्नो प्रतिभा चम्काउन यो नै उत्तम मौका हो’, आयोजकहरूले भनेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्