राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने भएका छन् ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि पुन मन्त्री बन्न लागेका हुन् । पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

२७ भदौमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी छैनन् । हाल चार सदस्यीय रहेको मन्त्रिमण्डललाई पूर्णता दिन उनले निरन्तर संवाद गर्दै आएकी छन् । यस क्रममा प्रधानमन्त्री कार्कीले पुनलाई मन्त्रीको प्रस्ताव राखेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्