नारायणगढ- मुग्लिन सडकखण्ड : तुइन खोलामा निरन्तर ढुङ्गा खस्दा सडक खुलाउन समस्या

काठमाडौँ – सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै झरेको पहिरो हटाउने कार्य जारी रहेको बताएको छ । शनिबार अपराह्न एक सूचना जारी गर्दै डिभिजन कार्यालयले सो कुराको जानकारी दिएको हो ।

सडकमा ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेको हुँदा पहिरो हटाएर सडक सञ्चालन गर्न भने समस्या भइरहेको डिभिजन कार्यालयले जनाएको छ ।

अहिले नारायणगढतर्फबाट लोडर र एक्साभेटर, मुग्लिन तर्फबाट दुई वटा लोडर र एउटा एक्साभेटर परिचालन गरेर पहिरो हटाउने कार्य सुचारु भइरहेको जनाइएको छ । थप पहिरो खस्ने क्रम रोकिएको खण्डमा कम्तीमा साँझसम्ममा पहिरो हटाई सवारी आवागमन सुचारु गर्ने सम्भावना रहेको समेत सडक डिभिजन कार्यालयले जनाएको छ । शुक्रबार साँझ करिब ६ : ३० बजे देखि सो सडक खण्डमा पहिरो खस्न सुरु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्