नेपालगञ्ज – बाँकेमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।
नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको शुक्रबार मृत्यु भएको हो। बिहान उनले किन्न ठिक्क पारेको खसी अर्को समूहले उठाएपछि झडप सुरु भएको थियो। आपसी ढुंगा प्रहारकै क्रममा घाइते भएका जाबिदलाई अस्पताल पुर्याइएकोमा दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विवाद गर्ने सालो–भेनाको सम्बन्ध रहेका स्थानीयले बताए पनि मृतक सालो हुन् वा भेना भन्ने बारेमा थप सोधपुछ जारी रहेको छ।






