आगामी निर्वाचनमा विदेशवासी नेपालीले पनि मतदान पाउने

 

काठमाडौं – सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था मिलाउने भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार निर्वाचन आयोगमा आयोजित छलफलमा कम्तीमा समानुपातिकतर्फ मतदानको व्यवस्था अनिवार्य रूपमा मिलाउनुपर्ने बताए। उनले भने, “निर्वाचन आयोगले यसको गाँठो फुकाउनुपर्नेछ र आवश्यक परे सरकारले अध्यादेश ल्याउनेछ। सर्वोच्च अदालतको आदेशअनुसार सकेसम्म सबै देशमा रहेका नेपालीलाई मतदानको अवसर सुनिश्चित गर्नुपर्छ।”

अर्यालले भने, “यदि सबै देशमा सम्भव नभए पनि सम्भव हुने देश र सहरमा मतदानको व्यवस्था गरिनेछ। सम्बन्धित देशका दूतावासमार्फत मतदानको प्रावधान मिलाउनुपर्ने छ।”

उनले नो भोटको विकल्पसमेत उपलब्ध गराइने जानकारी दिए। सरकारको यो कदमले विदेशमा रहेका नेपाली मतदातालाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउने दिशामा ठुलो कदम सावित हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्