राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ कराेड नगद लुटिएको गभर्नर पौडेलको खुलासा

काठमाडौं – जेन जी आन्दोलनकाक्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट करोडौँ मूल्य बराबरको नगद र सुन लुटपाट भएको खुलेको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले एक पडकास्टमार्फत संसद् भवनभित्र रहेको बैंक शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन चोरी भएको पुष्टि गरेका छन्। उनका अनुसार यो लुटपाट करिब ३८ करोड रुपैयाँ हाराहारीको रहेको छ।

गभर्नर पौडेलले भने, “एक ठाउँमा सिरियस लुटपाट भएको छ। संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ।”  घटनापछि बैंकको सिसिटिभी फुटेज हेरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए। साथै, आन्दोलनकाक्रममा पेमेन्ट सिस्टमहरू निरन्तर सञ्चालनमा रहोस् भन्नेमा राष्ट्र बैंक विशेष रूपमा खटिएको पनि उनले बताए।

पौडेलका अनुसार सोही आन्दोलनका क्रममा देशभर ६८ वटा बैंक शाखामा आक्रमण भएको छ भने ६९ वटा एटिएम प्रभावित भएका छन्। तर अन्य बैंकिङ प्रणाली र भुक्तानी सेवा भने सुरक्षित रहन सफल भएको उनले उल्लेख गरे। यस लुटपाट घटनापछि सुरक्षाकर्मी र नियामक निकायले अनुसन्धानलाई तीव्रता दिएको बताइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्