काठमाडौं – चालू आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको कुल बजेट खर्च ९ दशमलव १७ प्रतिशत पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिसम्म चालूतर्फ ९ दशमलव ६७ प्रतिशत, पूँजीगततर्फ १ दशमलव ५६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको छ।
चालू वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याइएकोमा भदौ मसान्तसम्म १ खर्ब ८० अर्ब १७ करोड ४ लाख रुपैयाँ मात्रै खर्च भएको छ।
यस्तै, सोही अवधिमा सरकारले राजस्वतर्फ वार्षिक लक्ष्यको १० दशमलव ४३ प्रतिशत मात्रै सङ्कलन गर्न सफल भएको छ। यस वर्ष १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा भदौ मसान्तसम्म १ खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ मात्रै असुल भएको छ।






