संसद् भवनको अवलोकनमा अन्तरिम सरकारका तीन मन्त्री

काठमाडौं – अन्तरिम सरकारका तीन जना मन्त्रीले हालै आगजनी र तोडफोडका कारण क्षतिग्रस्त संसद् भवनको आज अवलोकन गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ संयुक्त रूपमा पुगेर भवनको क्षतिको अवस्था प्रत्यक्ष अवलोकन गरेका हुन्।

गत भदौ २३ गते ‘जेन–जी’ को अगुवाइमा भएको आन्दोलन र भदौ २४ गते भएको प्रदर्शनका क्रममा संसद् भवनमा ठूलो तोडफोड र आगजनी भएको थियो। त्यसै कारण अहिले भवन भग्नावशेषमा परिणत भएको छ।

अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री घिसिङले भवनमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको उल्लेख गर्दै भने, “क्षतिको आधिकारिक आँकडा छिट्टै सार्वजनिक गरिनेछ ।” यसअघि सरकारले संसद् भवन पुनःनिर्माण र आवश्यक पूर्वाधार पुनर्स्थापनाका लागि विशेष बजेट विनियोजन गर्ने तयारी गरिरहेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्