कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ। कानूनअनुसार गएको भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने साउन महिनाको कर तिर्नका लागि थप समय दिइएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो।

मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशूल्कलगायत कर हरेक महिनाको २५ गतेभित्र सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ। तर, यसपटक उत्पन्न विषम परिस्थितिका कारण कर तिर्ने समय थप गरिएको विभागले स्पष्ट पारेको छ।

जेन–जी आन्दोलन र पछिल्ला राजनीतिक घटनाक्रमका कारण उद्योगी व्यवसायीले तोकिएको समयमा कर तिर्न नसकेको भन्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई सहजीकरणका लागि आग्रह गरेका थिए।

व्यवसायीहरूसँगको छलफलमा अर्थमन्त्री खनालले कर तिर्ने समय एक महिना थप गर्ने निर्णय भएको जानकारी दिनुका साथै सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गर्ने आश्वासन दिनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्