प्रतिनिधिसभा विघटनपछि निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं – प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ। यसअघि आगामी कात्तिक १७ गतेका लागि तोकिएको रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचन रद्द गरिएको आयोगले जनाएको छ। अब मध्यावधि निर्वाचनतर्फ ध्यान केन्द्रित गर्दै प्रारम्भिक तयारी अघि बढाइएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणासँगै सरकारले गर्नुपर्ने औपचारिक परामर्श, व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा सुरु भइसकेको छ। यता नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि आवश्यक पर्ने रकम सुनिश्चित गर्न बजेट परिमार्जन गर्ने घोषणा गरिसकेका छन्।

यही भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। सोही दिन प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्