मन्त्रिपरिषद् ११ सदस्यभन्दा नबढाउने गरी विस्तार गर्छु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यभन्दा नबढाउने गरी विस्तार गर्ने बताएकी छन्। बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा उनले राजनीतिक दल वा तिनका संलग्न व्यक्तिलाई मन्त्री नबनाइने स्पष्ट गरिन्।

हाल तीन जना मन्त्री नियुक्त भइसकेकाले अब थपिने मन्त्रीमा समावेशिता झल्किने गरी गैरराजनीतिक र पेशागत अनुभव भएका व्यक्तिलाई जिम्मेवारी दिइने प्रधानमन्त्री कार्कीले जानकारी दिइन्। उनका अनुसार चुनावमा प्रत्यक्ष संलग्न नहुने, क्षमता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्