काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने जानकारी दिएकी छन्। बीबीसी नेपालीलाई दिएको विशेष अन्तर्वार्तामा उनले आन्दोलनको म्याण्डेटअनुसार आयोग आवश्यक भएको बताइन्।
उनका अनुसार आयोगले अनुसन्धान गरी अर्को सरकारका लागि सहज हुने आधार तयार गर्नेछ। “हामी बाटो बनाउँछौं, कारबाही गर्ने काम अर्को सरकारको हुनेछ,” प्रधानमन्त्री कार्कीले भनिन्। यसैगरी, जेन–जी आन्दोलनको दमनबारे छानबिन गर्न तीन सदस्यीय आयोग पनि बन्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले हिजो सैद्धान्तिक निर्णय गरिसकेको र आयोगलाई एक महिनाको समय दिइने, आवश्यकता परे थप १५ दिन समय बढाइने प्रधानमन्त्रीले स्पष्ट पारिन्।
सरकारको कार्यकाल ६ महिनामात्र भएकाले अधिकतम काम गर्ने लक्ष्य रहेको उनले बताइन्।






