काठमाडौं – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी तलबभत्ता नलिने घोषणा गरेपछि नेकपा (विप्लव) का महासचिव विप्लवले आपत्ति जनाएका छन्।
कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा जनतामा भ्रम फैलाउने मात्र भएको टिप्पणी गरे। “तलब नलिएर के खान्छ ? माटो खान्छ ?” विप्लवले प्रश्न गर्दै भने, “यसले अकुत सम्पत्ति कमाएको प्रमाण दिन्छ।” उनले नेताहरूले उत्पादन र जनजीवन सुधारतर्फ ध्यान नदिएको आलोचना गर्दै सरकारलाई राम्रो काम गर्न शुभकामना पनि दिए। कार्यक्रममा उनले शहीद परिवार देवीमाया वि.क.लाई तीन कोठे घर हस्तान्तरण गर्दै शहीदका सपनालाई पूरा गर्ने प्रतिबद्धता जनाए।






