दार्चुलाको रिठेगाड खोलामा आएको बाढीले जिप–ट्याक्टर बगायो

Photo : Social media

दार्चुला — शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाको सीमाना भएर बग्ने रिठेगाड खोलामा आएको बाढीले सोमबार साँझ जिप र ट्याक्टर बगाएको छ।

गोकुलेश्वरबाट चौपातातर्फ जाँदै गरेका सवारी साधन खोलामा आएको बाढीले सडकबाट करिब १० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दुर्घटनामा मानवीय क्षति नभएको र जिप–ट्याक्टर उद्धार कार्य भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ। उद्धारका लागि प्रहरी र स्थानीय खटिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्