काठमाडौं – सरकारले गठन गरेको अन्तरिम मन्त्रिपरिषद्का मन्त्रीहरूमध्ये अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ। सोमबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
वरीयतामा दोस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र तेस्रो नम्बरमा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल परेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीनै जनालाई मन्त्रीमा नियुक्त गरेकी थिइन्। शपथपछि उनीहरूले आजै आफ्नो पदभार ग्रहण गर्ने भएका छन्।






